"स्पेनको बार्सिलोनामा तमु मुप्ह्री ल्होसारको भब्य तयारी "
तमु समाज बार्सिलोना स्पेनको ३९औ बैठक समाजका अध्यक्ष श्री ओमर बहादुर गुरुङको अध्यक्षतामा हिजो सम्पन्न भएको छ !उक्त बैठकमा आउदो सोमबार तमु समाज बार्सिलोना स्पेनले बार्सिलोना शहरमा आयोजना गरिने तमु मुप्ह्री ल्होसार आयोजना सम्बन्धमा केन्द्रित भयो !बैठकमा सम्पूर्ण कार्यसमितिका संयोजकहरु बाट आ- आफ्नो कार्य विवरणहरु पेश गरिएको थियो ! सर्बप्रथम श्री गौतम गुरुङ ले टिकट तथा प्रसार प्रचार को जानकारी पेश गरेपछि ल्होसारमा खिच्ने भिडियो क्यामराको व्यवस्था भैसकेको जानकारी ब्यबस्थापन संयोजक श्री राजु गुरुङ र श्री दुर्गा गुरुङ ज्युले जानकारी गराउनु भएको थियो ,तेसै गरि सोयेम सेवक र आर्थिक सहयोग संयोजक श्री मुक्ता बहदुर गुरुङले अध्यक्ष मार्फत आफ्नो कार्यविवरण पठाउनु भएको थियो, भने हल डेकोरेसनको संयोजक समाजका सस्थापक अध्यक्ष श्री बेन बहादुर गुरुङ ज्युले र खानपिन समितिको संयोजक अध्यक्ष श्री ओमर बहादुर गुरुङ ज्युले पनि आ- आफ्नो तयारी विवरण पेश गर्नु भएको थियो! उक्त ल्होसार कार्यक्रममा सबैको साचोको बिषय बनेको संस्कृतिक कार्यक्रम धुमधाम संग तयारी भैरहेको र तयारीको अन्तिम चरणमा पुगेको सास्कृतिक कार्यक्रमका संयोजक श्रीमती दीपा गुरुङले जानकारी गराउदै बार्सिलोनामा रहनुभएका सम्पूर्ण नेपाली प्रतिभाशाली कलाकारहरुले भागलिन मिल्ने र भाग लिने इच्छुक कलाकारहरुले यसै महिनाको ३० तारिख सम्म समाजको इ-मेल
tamusamaj_bcn©yahoo.com मा सम्पर्क गर्नु पर्ने जानकारी गर्नुहुदै संस्कृतिक कार्यक्रममा तमु ( गुरुङ ) तथा नेपाली गीत संगीत मात्र समेटिने भएकोले उहाले एउटा बिशुद नेपाली संस्कृतिक कार्यक्रम हुने अस्वशन दिनु भयो.! संस्कृतिक कार्यक्रम लाई अझ स्तरीय बनाउन सधैझैँ श्री दीपु गुरुङ, श्री राजु गुरुङ र श्री संजिव गुरुङ हुने गरि प्राबिधिक समिति तयार गरिएको छ !
बैठकको अन्त्यमा समाजका अध्यक्ष श्री ओमर बहदुर गुरुङ ज्युले बैठकलाई समापन गर्नुहुदै यस तमु ल्होसार लाई भब्य सफल गर्नको लागी सम्पूर्ण तमु सदस्यहरुले आ- आफ्नो ठाउँ बाट सहयोग गरिदिनुहुना तथा स्वादिस्ट खानपिन र सुमधुर नेपाली गीत-संगीतमा आयोजना हुने तमु ल्होसार कार्यक्रममा सबैजना लाई हार्दिक आमन्त्रित गर्दै स्पेन भरि रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई- दिदिबहिनीहरुलाई ल्होसार कार्यक्रमामा उपस्थितभई कार्यक्रमलाई सफल गरिदिनुहुन अनुरोध गर्नु भएको थियो !
ल्होसार कार्यक्रम आयोजना हुने ठाउँ - C/ Torre D'en Damians ,6 ( Metro Hostafrancs Linia 1, Bus number 157,57)
ल्होसार कार्यक्रम हुने मिति .- 02-01-2012
ल्होसार कार्क्रम हुने समय .-3.30 p.m -10 p.m
टिकट - १० यूरो ( family Ticket available from 3 persons)
आयोजक - तमु ( गुरुङ ) समाज बार्सिलोना स्पेन
गौतम गुरुङ
तमु समाज बार्सिलोना स्पेन